Welcome
बाेटबिरूवाकाे लागि तापमान क्षेत्र
इन्टरनेट र यूटुबमा बाेट बिरूवाकाे बारेमा हेर्याे भने सदैब जाेन (Zone)का बारेमा कुरा गरेकाे सुन्नु र देख्नु भएकाे हाेला । जाेन कसरी छुटाइन्छ र नेपालकाे जाेन कसरी थाहा पाउने?
जाेन यानै बातावणिय क्षेत्र र त्यहाँकाे तपाक्रमकाे आधारमा छुटाइन्छ। नेपाल त्याे पनि काठमाण्डाैमा त वर्ष भरी नै महिना अनुसारकाे तपाक्रम हुने गर्छ।
अब तपाइँ तलकाे टेवल हेरेर यूटुब तथा इन्टरनेटमा हेर्दा याे जाेन र त्याे जाेन भन्याे भने उक्त जाेन अनुसार नेपालकाे कुन क्षेत्र वा नेपालकाे बातावरणिय तापक्रमका अधारमा कहिले उक्त बिरूवा राेप्न सक्नु हुन्छ वा कुन बिरूवालाइ कुन तापक्रममा हुर्काउन सकिन्छ जानि राख्नुस्। थप जानकारी
Melia azedarach also known as Bakaina in Nepal
Melia azedarach also known as Bakaina in Nepal
बकाइनोको फाइदा : वाथरोगदेखि सेतो दूबीसम्म निको पार्ने (प्रयोग गर्ने विधिसहित)
नेपालको वनजंगलमा थुप्रै किसिमका जडिबुटी पाइन्छ। वनजंगलमा पाइने जडिबुटीहरुले अनेकौँ औषधीय गुणहरु बोकेका हुन्छन्। त्यसमध्ये एक हो, बकाइनो। बकाइनो मध्ये पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो।
बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरामा लगाउँदा प्रभावकारी मानिने विश्वास गरिन्छ। यसैगरी बकाइनोको धुलो वा चूर्णलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँदा थुप्रै किसिममा छाला रोगहरु केहि हदसम्म ठिक हुने गर्दछ। यसको प्रयोगले महिलाहरुको गर्भाशयलाई पनि फाइदा हुन्छ। बकाइनो घर खेतबारीमा लगाउन सकिन्छ । यो बाख्राको प्रिय घाँस पनि हो ।<br>
बकाइनोको १० देखि २० भागको हरियो पातलाई धुलो बनाइ पानीमा मिलाएर १२ घण्टासम्म भिजाएर बारी तथा खेतमा स्प्रे वा छर्दा थुप्रै किसिममा किटाणु तथा सागशब्जीमा लाग्ने किरा र लाहीलाई निर्मूलन गर्छ। यसैगरी, खेत तथा बारीको बीचभागमा बकाइनोको विरुवा लगाउँदा हानिकारक तत्वहरु, बाली तथा सागशब्जीमा लाग्ने किरालाई समेत विकर्षण गर्दछ।
शरीरका लागि बकाइनो फाइदा
– वाथरोग भएमा बकाइनोको गेडा रायो र सस्र्यूंमा पिनेर लेप लगाउँदा वाथ बिस्तारै ठिक हुँदै जान्छ ।
– रगत जमेर गाँठो भएमा बकाइनोको पात पिनेर लेप बनाएर लगाउँदा घाउ छिट्टै निको हुनुका साथै रगत जमेर बसेको ठाउँ पनि सफा भएर जान्छ। – चिलाउने रोगमा बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।
– सेतो दूबीमा भएमा १० पात निम र १० पात बकाइनोलाई पिनेर लेदो बनाएर लगाएमा केही समयमा सेतो दुबी ठिक हुन्छ ।
– दाद आएको खण्डमा पाकेको बकाइनोको गेडालाई धुलो बनाइ कागतीमा फिटेर लगाउनाले दाद निको हुन्छ ।
– पत्थरी रोगमा भएमा बकाईनोको १ चम्चा पातको रसमा र आधा चम्चा जवाखार मिलाएर बिहान/बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर निर्मूल हुन्छ ।
– जुका परेमा बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र १/१ चम्चा बिहान÷बेलुका खाने गरेमा बालबालिका, वृद्धवृद्धालाई जुका परेको छ भने पनि २/४ दिनमै ठीक हुन्छ ।
– बकाइनोलाई दाँत माझ्न पनि प्रयोग गर्न सकिन्छ ।
– स्त्रीको मासिक धर्म बढी भएमा वा रक्तश्राव बढी भएमा बकाइनोको पातको रस एक चम्चा बिहान÷बेलुका खाने गरेका उक्त समस्याबाट निजात पाइन्छ।
– गर्भाशय शुद्धिका लागि बकाइनोको पातको रस नित्य १/१ चम्चा बिहान/बेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।
नर्सरीबाट बिरूवा ल्याउँदा जानकारी नलिने वा बिर्सने त्यस्ता केहि कुराहरूः
नर्सरीबाट बिरूवा ल्याउँदा जानकारी नलिने वा बिर्सने त्यस्ता केहि कुराहरूः
1. नर्सरीमा कुन अवस्थामा बिरूवाहरू हुर्काएका छन् ध्यान दिनुस्।
2. उनिहरूले प्रयाेग गर्ने माटाे वा साेइलकाे बारेमा बिरूवा सार्नु भन्दा अगाडि माटाे हेर्नुस् र साेहि अनुसार माटा वा साेइल तयार पार्नुस्।
3. माटाेमा राेपेकाे बिरूवालाई कसरी काेकाेपिटमा सार्ने त्यसकाे बारेमा जानकार बन्नुस्।
4. पानीकाे मात्राकाे बारेमा जानकार बन्नुस्।
5. माैसमी बिरूवाकाे बारेमा त सबैलाई थाहा नै हुन्छु। राेप्ने सार्ने हुर्काउने अादिका बारेमा तर मल हाल्ने तरिका कसै कसैलाइ थाहा नहुन सक्छ। त्यसै माैसमी लिंदा मलकाे मात्राकाे बारेमा जानकार बन्नुस्।
6. नर्सरीले भने अनुसार पनि तपाइँकाे बिरूवा राम्राे भइ रहेकाे छैन भने के गलत भएछ बिचार पुर्याउनुस्।
7. काेकाेपिट र माटाेमा फरक र पानकाे मात्राकाे बारेमा जानकार बन्नुस्।
सबैले साँचाे बाेल्छ भन्ने पनि छैन र सबैले झुठाे नै बाेल्छ भन्ने पनि गलत हुन्छ।
क. नसरीले घाममा नराख्नु।
घाममा नराख्नु मतलब अन्धकारमा राख्नु हैन।
ख. काेठा भित्रै राख्नुर
काेठा भित्र राख्नुकाे मतलब बन्द काेठामा वा हावा र उज्यालाे नछिर्ने काेठामा हैन।
ग. पानी कम वा बेला बेलामा दिएपुग्छ।
पानी कम वा बेला बेलामा थाेरै दिए पुग्छ भन्नु पानी नदिएनि हुन्छ भनेकाे बुझ्नु गलत हाे।
घ. बेला बेलामा मल दिनुस्।
मल त दिनु तर कहिले कति र कुन समयमा कसरी दिने नबुझि वा बुझेर पनि मेराे बिरूवा बढेन भनेर जति पायाे त्यति र जहिले पायाे त्यति बेला बिचारै नगरि मल दिनु हैन।
माथिका कुराहरू भनि रहंदा के पनि भन्न चाहन्छाैं भने। सबै बिरूवाकाे हुर्कने बातावरण, समय र परिस्थिति फरक फरक हुन्छन् । बिरूवा किन्दा तपाइँले ध्यान दिएर बिरूवाकाे बारेमा जानकार बनेर मात्र बिरूवा किनु हुन वा राेप्न वा सार्नु हाेला भनेर मात्र याे जानकारी गराउन खाेजिएकाे हाे।
हामी संग पहिलाे पटक बिरूवा लिन अाउनु हुनुहुने प्रायः सबैकाे एउटै कुरा हुन्छ।
मेराे त बिरूवा नै मर्याे।
मैले राेपेकाे मर्छ मात्र।
यि कुराहरूले प्रकृती प्रेमिहरूकाे मन दुख्नु स्वभाविक नै हाे।
बिरूवा किन्दा सदैब माथि लेखिएका वा भनिएका बारेमा नर्सरीका ब्यक्तिहरू संग कुरा गर्ने गर्नुस् । उनिहरूले त्यसका बारेमा जुन बिरूवा तपाइँलाइ मन परेर खरिद गर्दै हुनु हुन्छ उनि हरू अनबिज्ञ छन् र पनि तपाइँलाइ त्यहि बिरूवा मन परेकाे छ भने यूटुबमा पनि ति बिरूवाहरूकाे बारेमा जानकारी लिन सक्नु हुन्छ।
1. सबै युटुबरले भनेकाे कुरा सहि हुँदैन।
सबै युटुबरले भनेका र देखाएका कुराहरू सहि हुँदैन। यदि सहिमा त्याे युटुबरले सहि जानकारी दिन्छ भने निम्न कुराहरू तिनीहरूले बताएकाे हुनेछ।
क. बिरूवाकाे प्रकार।
ख. बिरूवाकाे लागि चाहिने बातावरण क्षेत्र।
ग. बिरूवालाइ चाहिने तापक्रम।
घ. बिउ हाल्ने महिना।
ङ. कटिङबाट हुर्कन भने कटिङ लगाउने महिना।
च. माटाे काे प्रकार।
छ. माटाे, मल, पानी र अन्य अावश्यक बस्तुकाे मात्रा।
ज. फूल फुलाउन के गर्ने, फूल फूलेपछि के गर्ने र सिजन सिधिएपछि के गर्ने।
झ. राेग लाग्दा के गर्ने वा राेग लाग्नु पुर्व के गर्ने।
आदि .
Rosepink zephyr lily or
Pink rain lily.
Rosepink zephyr lily or
Pink rain lily काे बारेमा जानकारी
रजनीगन्धा
राेप्ने तरिकाकाे बारेमा जानकारी चाहिएमा यहाँ क्लिक गर्नुहाेला ।
एजेलियाकाे बारेमा बिस्तृत रूपमा पढ्न वा जान्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहाेला ।
Alstroemeria, "Lily of the Incas"
Alstroemeria, "Lily of the Incas" काे बारेमा जानकरी
Geranium Verities A to Z (Photo snap from Plants insider.)