Welcome
Nepali, English, Nepal Bhasha, Hindi and other languages typing.
नेपाली, अंग्रेजी, नेपाल भाषा, हिन्दी तथा अन्य भाषामा टाएपिङ
एजेलिया Azalea
नामः एजेलिया Azalea
बाेटानिकल नामः राेडाेडेन्डाेरन Rhododendron
प्रकारः माटाेकाे हिसाबमा यसलाइ दुइ भागमा बढ्न सकिन्छ। माटाेमा उम्रने एजेलिया र लिफमाेल्डमा उम्रने एजेलिया
तापक्रमः 10 डिग्री सेल्सियस भन्दा माथि 35 भन्दा कम
उचाइः 3 फिट सम्म
माटाेः 5-7PH
माटाेकाे प्रकारः पातपतिंगरकाे धुलाे
लगाउने महिनाः फ्रब्रुअरी देखि सेप्टेमबर सम्म।
कटिंग लगाउने समयः जून र सेप्टेम्बर
पानीः गर्मिमा दिनमा 2 पटक जाडाेमा माटाे सुख्खा भए 1 पटक
घामः दिनमा 1-2 घण्टा मात्र।
के एजेलिया मर्छ?
एजेलिया हतपत मर्देन। कुनै पातपतिंगर भएको गमला वा प्लाष्टिकमा सितल ठाउॅमा राखी छाेपी राख्यो भने 3 महिना सम्म पनि जाउॅदै रहन्छ।
माटाे तयार पर्ने तरिकाः
एजेलिया दुइप्रकारका पाइन्छन् एउटा माटाेमा हुर्कन वा उम्रने र अर्काे लिफमाेल्ड यानी पातपतिंगरमा उम्रने। डबल एजेलियालाइ पतकर या नै लिफमोल्ड मा मात्र रोप्नु पर्छ र खासै मलकाे अावश्यकता रहंदैन। यसले पातबाटै सबै पाेषक तत्व लिने गर्छ।
पात छान्दा चाँडै नकुहिने पातकाे छनाैट गर्नु पर्छ, जस्तै बाक्लाे पातहरू, अम्बा, साल, पिपल, लिच्चि अादि लगायत गाउँघरमा भेटिने चाँडै नकुहिने पातलाइ घाममा सुकाएर हातले माडेर धुलाे पारी केहि मात्रामा पात भिजाइ 1 दिन देखि 1 महिना सम्म कुनै प्लाष्टिकमा पाेकाे पराेर राख्ने र यसलाइ माटाेकाे रूपमा प्रयाेग गर्न सकिन्छ। साथै एउटा बिरूवाकाे लागि माटाे तयार पार्दा, बालुवा तथा बालुकाेकाे चाेक्कर दुइ मुठ्ठी, काेकाेपिट एकमुठी, इँटकाे मसिनाे बालुवाकाे चाेकर अाकारका एकमुठी, कम्पोष्ट 2 मुट्ठी प्रयाेग गरेर राम्राे ड्रेनेजकाे लागि पिढमा भएकाे प्वालमा केहि इँट तथा गमलाकाे टुक्राले पानी जाम नहुने गरि छाेपेर पटिंग मिक्स तयार पारी बिरूवा लगाउन सक्नु हुन्छ। एजेलियाले धेरै गर्मि सहन सक्दैन यसलाइ चिसाे मनपर्छ त्यसैले धेरै घाममा नराख्नु राम्राे हुन्छ। रिपटिंग गर्दा बिरूवाकाे साइज अनुसार भाडाकाे छनाैट गर्नु पर्छ।